इन्धनको मूल्यवृद्धिबाट ट्रक व्यवसायीहरु भड्किए

इन्धनको मूल्यवृद्धिबाट ट्रक व्यवसायीहरु भड्किए

नेपाल ट्रक यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको अनुपातमा भाडादर समायोजन गर्न माग गरेको छ । महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेका हुन् ।

छोटो अवधिमा पटक पटक गरिएको मूल्यवृद्धिले यातायात क्षेत्र प्रत्यक्ष मारमा परेको भन्दै महासंघले त्यसतर्फ आपत्ति जनाएको छ । ‘वैज्ञानिक प्रणालीका आधारमा निर्धारित भाडादरमा ट्रकहरू सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र महासंघबीच लिखित सम्झौता भए पनि उक्त सम्झौता कार्यान्वयनमा समस्या देखिएको छ’, महासचिव बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।उनीहरुले भाडादर फिर्ता नगरे यातायात व्यवसायीहरूले आआफ्ना सवारीसाधन ग्यारेजमा लगेर थन्काउने चेतावनी समेत दिइएको छ । महासंघले चाडपर्वको सेरोफेरोमा डिजेलमा १ सय ४ बाट बढाएर १ सय १९ रुपैयाँ पुर्याइएकाले ट्रक व्यवसायीले पुरानै भाडदारमा व्यवसाय सञ्चालन गर्न नसक्ने जानकारी गराएको हो ।

टिप्पणीहरू