अनलाइन फाराम दिउँसो भर्न नपाइने

अनलाइन फाराम दिउँसो भर्न नपाइने

सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन फाराम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरुको चाप अत्यधिक भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने गरिएको बताइएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले प्रणालीको लोड व्यवस्थापन कार्य सम्पन्न बनाएर केही दिनपछि फेरि २४ घण्टा नै सञ्चालन गर्न मिल्ने बनाउने जानकारी दिएका छन् ।

विभागका अनुसार अहिलेसम्म करिब ७ लाख जनाले लाइसेन्सका लागि आवेदन फाराम भरेर परीक्षाको मिति कुरिरहेका छन् ।

टिप्पणीहरू