८ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

८ जना एसपीको एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक ((एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ बढुवाको निम्ति सिफारिस सूची प्रकाशन गरेको हो ।

जसअनुसार विकास राज खनाललाई पहिलो नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस भएका अन्य एसपीहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदीे, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल हुन् ।पछिल्लो छ महिनादेखि एसएसपीको दरबन्दी खाली थियो ।

टिप्पणीहरू