भाइले चक्कु रोपेपछि दाइ ठहरै

भाइले चक्कु रोपेपछि दाइ ठहरै

इलामको सन्दकपुरमा दाजुभाइबीच सामान्य विवाद बढ्दै गएपछि भाइले चक्कु रोपेर दाजुको हत्या गरेका छन् । सन्दकपुर १ चाँपगैरीका ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी आफ्नै दाजु ३५ वर्षका इच्छा मुखियाको हत्या गरेका हुन् ।

हिजो राति ७ बजे काका मानबहादुर मुखियाको घरमा बसेर मादक पदार्थ सेवन गरेपछि दाजुभाइबीच सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि भाइ चक्रले दाजु इच्छामाथि चक्कु प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले चक्कुसहित चक्र मुखियालाई पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू