ट्याक्टर पल्टँदा दुई सहचालकको मृत्यु

ट्याक्टर पल्टँदा दुई सहचालकको मृत्यु

मोरङको बेलबारी नगरपालिका ५ कसेनीमा ट्याक्टर पल्टँदा दुई जना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली नगरपालिका १ का २२ वर्षीय विजजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी हुन् ।

मृतक दुवै जना सहचालकका रुपमा को.२ त ८६८८ नम्बरको ट्याक्टरमा काम गर्दै आएका थिए । गए राति स्थानीय ईन्द्र दर्जीको खेत जोतेर बाटोमा निस्कने बेलामा ट्रयाक्टर पल्टेको थियो । ट्याक्टर पल्टिँदा घाइते भएका दुबै जनालाई उपचारको निम्ति कोशी अस्पताल बिराटनगर लगिएको थियो ।

दुबैको उपचारको क्रममा राति साढे १० बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रंगेली नगरपालिका १ का २७ वर्षीय आइती सतार टुडुलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू