२ लाख २० हजार गाँजाका बोट फाँडिएको दाबी

२ लाख २० हजार गाँजाका बोट फाँडिएको दाबी

पर्सामा एघार बिघा खेतमा लगाएको गाँजा प्रहरीले फडानी गरी नष्ट गरेको छ । ठोरी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा ११ बिघा खेतमा अवैध रूपमा लगाइएको झण्डै २ लाख २० हजार गाँजाका बोटहरू फडानी गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले ती गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको बताइएको छ । साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

ग्रामीण भेगमा व्यावसायिक रुपमा दशौं बिघा खेतमा गरिएको गाँजा खेतीका व्यक्तिहरुबारे प्रहरी र स्थानीय बेखबर हुनु चाँही रहस्यमय देखिन्छ ।

टिप्पणीहरू