कैलालीका किसानलाई अनुदानको गहुँ

कैलालीका किसानलाई अनुदानको गहुँ

कैलालीका किसानलाई सरकारले अनुदानमा गहुँको बीऊ वितरण गरेको छ । कैलालीको जानकी गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा अनुदानमा उन्नत जातको गहुँको बीऊ वितरण गरेको हो ।

गाउँपालिकाले कृषि उत्पादन बढाउन १० कठ्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई ५० प्रतिशत र १० कठ्ठासम्म खेती गर्ने किसानलाई ७५ प्रतिशत अनुदानमा गहुँको बीऊ वितरण गरेको जनाएको छ । गाउँपालिकाले किसानलाई उन्नत जातका विजय, एलएल, वाणगंगालगायत नामको बीऊ वितरण गरेको हो ।

कैलाली धान र गहुँ खेतीका लागि उर्वरभूमि मानिन्छ । त्यहाँका सहकारीले उत्पादन गरेको बीऊ अन्य जिल्लामा समेत बिक्री हुने गरेको छ ।

टिप्पणीहरू