सर्वोच्चको एउटा गेट बन्द, अर्को खुल्ला

सर्वोच्चको एउटा गेट बन्द, अर्को खुल्ला

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालतको मुल गेटमा प्रदर्शन गरेका छन् । प्रहरीले प्रदर्शनमा रोक लगाए पनि उनीहरु प्रहरीको घेरा तोडेर सर्वोच्चको मुल गेटसम्म पुगेर प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । अदालतको समस्या समाधानका लागि जबराले संवादमा आउन हिजो आग्रह गर्नु भएको छ । तर नेपाल बारले भने संवाद नगर्ने र उहाँले राजीनामा दिनुपर्ने अडानलाई दोहोर्याएको छ ।

प्रधानन्यायाधीश राणालाई अदालत प्रवेशमा रोक लगाउने गरि कानुन व्यवसायीले सर्वोच्चको मुल गेटमा धर्ना दिएका हुन् । तर, राणा सँधै सर्वोच्चको दुई वटा मुल गेटमध्ये महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट कार्यालय प्रवेश गर्नुभएको छ । आज पनि अर्को गेटबाट उहाँलाई अदालत प्रवेश गराउन प्रहरीले बाटो क्लियर बनाएको हो ।

टिप्पणीहरू