चितवनमा १० जना समातिए

चितवनमा १० जना समातिए

चितवनमा बिहानदेखि बन्द गराउँदै हिँडेका १० जना पक्राउ परेका छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ ।

सोही बन्द सफल पार्न सवारी रोक्दै हिँडेका १० जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अनेरास्ववियु क्रान्तिकारीका बाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित अन्य कार्यकर्ता हुन् ।

साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो ।

टिप्पणीहरू