नेपाल–भारतको नालीबेली

दुई देशका सम्बन्धमा कूटनीतिको हिस्सा कति हुन्छ भन्ने कुराको बेग्लै इतिहास छ । मकवानपुरका सेन राजाले आफ्नो शासनमै दिल्लीमा प्रतिनिधि राखेका रहेछन् । पछि पृथ्वीनारायण शाह, जसका मकवानपुर ससुराली खलक हुन्, ले सेन राजाले राखेकै दूत दीनानाथ उपाध्यायलाई एक तह बढुवा दिई थमौती गरेको इतिहास छ । सन् १९४७ मा भारत इष्ट इण्डिया कम्पनी ९इङ्ल्याण्ड० को उपनिवेशबाट मुक्त भयो । त्यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध झनै कसिलो बन्न पुगेको हो । अहिले त्यससम्बन्धी बेग्लै किताब निस्कँदैछ । कफी टेबुल बुक नाम दिइएको उक्त पुस्तक प्रकाशनको अन्तिम तयारीमा छ ।

हिन्दुस्तान स्वतन्त्र भएको दिन अगष्ट १५ वा भारतमा सम्पन्न हुने बिमस्टेक सम्मेलन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयासको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीकै उपस्थितिबीच उक्त पुस्तकको विमोचन गर्ने भारतीय दूतावासको तयारी छ ।

पुस्तक निःशुल्क वितरण हुनेछ । त्यसमा राणाकालदेखिकै प्रधानमन्त्रीहरूको विवरण समेटिएको छ । परापूर्वकालदेखि कलकत्ता, दिल्ली र काठमाडौंमा रहँदै आएका कूटनीतिक नियोगमा को, कहिले–कहिले कार्यरत रहे रु भवन कस्ता–कस्ता थिए रु लगायत विषय समेटेर पुस्तक आउन लागेको हो । त्यसमा पूर्वराजदूत शिवशंकर मुखर्जी, श्यामशरण ९पूर्वविदेश सचिवसमेत० हरूको पनि लेखाइ छ । पूर्वपरराष्ट्र सचिव मदन भट्टराईलगायत नेपालका विद्वान्लाई पनि पुस्तकमा समेटिएको छ । 

टिप्पणीहरू