पृथ्वीराजमार्गमा सुनसान, अवरोध भने कतै छैन

पृथ्वीराजमार्गमा सुनसान, अवरोध भने कतै छैन

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव धादिङमा आज बिहानैदेखि परेको छ । देशको ६८ जिल्ला आवतजावत हुने पृथ्वीराजमार्गमा पनि बन्दको प्रभाव परेको छ ।

छिटफुट नीजि सवारी बाहेक राजमार्ग सुनसान नै छ । धादिङबेसी मलेखु सडकमा पनि सार्वजनिक सवारी चलेका छैनन् । इन्धनमा गरिएको लगातार मूल्यबृद्धिको विरोधमा चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको आह्वान गरेको थियो । सडकमा बन्दकर्ता भने कतै देखिएका छैनन् ।रात्री सेवाका सवारीहरु पनि कतै रोकिएका छैनन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङ खण्डमा कुनै अवरोध नरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीलगायतका बजार क्षेत्रहरु सुनसान देखिएका छन् ।

टिप्पणीहरू