ज्यानै जोखिममा परेपछि …

नेपाली सेना कतिसम्म भद्रगोल भएछ भने एकजना होनहार अफिसरले सामान्य तालिम गर्दागर्दै जीवन–मरणको दोसाँधमा पुग्नुपरेको छ । 
झण्डै एक महिनाअघि कपिलवस्तु, गोरुसिंगेस्थित कालिजंग गणमा कमाण्डो तालिमअन्तर्गत प्राचीनकालीन हिलोमा मान्छेलाई हालेर निकाल्ने अभ्यास हुँदै थियो । तर, एकजना तालिमे उपसेनानी (सेकेण्ड लप्टन) को ज्ञानेन्द्रीय (कान) बाट हिलो पस्यो ।

शुरुमा त सामान्य दुखाइ मात्र थियो । त्यतिबेलै अस्पताल पु¥याइएको भए समस्या समाधान भइसक्थ्यो । तर, गणका निर्देशक गणेशबहादुर कार्कीले तालिमेहरूलाई ब्यारेकबाट निकाल्न दिएनन् । बिरामी मान्छेलाई ब्यारेकमै कैदीझैँ व्यवहार गरेर राखियो । त्यहीँ उपलब्ध केही सामान्य उपचार गरियो । दुःखद कुरा कि कानबाट छिरेको हिलोले दिमागमा असर गरेपछि स्थिति गम्भीर बन्यो । उनी हुन्, जर्नेल यादव देउजा, जो जंगी अड्डाका पूर्वआर्थिक विभाग प्रमुखका एक मात्र २२ वर्षीय छोरा सौभाग्यजंग देउजा । दिमागमा पसेको हिलो निकाल्ने विधि संसारमै उपलब्ध छैन । अहिले भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उनको उपचार चलिरहेको छ । चिकित्सकहरूले ‘आश गर्नू तर भर नपर्नू’ भनेका छन् । भारतबाट औषधि ल्याएर उपचार गरिँदै छ । त्यस्तो संवेदनशील भागमा अपरेशन गर्न सम्भव छैन । नेपाली सेनामा खस्कँदो तालिमको स्तर र अनुगमन नहुनुका कारण यसप्रकारको समस्या आएको चर्चा जंगी अड्डामा छ ।

पदमा छँदा अनेकथरी आश्वासन दिई काम लगाइयो, अहिले म्याद थप गराइदिएनन् भनेर दुईतारे जर्नेल, सम्भाररथी दीपक भारती गत साता बिदाइमा दिइएको भोजमा सामेल भएनन् । त्यस्तै, सैनिक सचिव पनि बनाइएका खड्गबहादुर मल्ल पनि म्याद नथपिएपछि रुँदै–रुँदै घर गएका छन् । दीपक भारतीको ठाउँमा लोकेन्द्रबहादुर चन्दका ज्वाइँ सुवर्ण शाह बढुवा सिफारिसमा परेका छन् । उनले सुपारेटार, हेटौंडास्थित मध्यपृतना हेडक्वार्टरमा प्रभुराम शर्मालाई बदली गर्नेछन् । पश्चिम पृतना हेडक्वार्टर पोखरामा जगदीश पोखरेल घर गएपछि त्यहाँ राष्ट्रिय सुरक्षा परिषद्बाट काजीबहादुर खत्री जाँदै छन् । 

टिप्पणीहरू