आज चार सयबढी संक्रमित भेटिँदा एक जना बिते

आज चार सयबढी संक्रमित भेटिँदा एक जना बिते

आज मुलुकभर चार सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार पाँच सय ५४ जनामा पीसीआर तथा चार हजार आठ सय ४८ जनामा एन्टिजेन गरी १२ हजार चार सय दुई जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, आज दुई सय ७० जना संक्रमणमुक्त भएका छन् भने एक जनाले संक्रमणको कारण ज्यान गुमाउनु परेको छ । मुलुकभर अझै सात हजार तीन सय ११ जना सक्रिय संक्रमित छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ७८ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा चार सय ८६ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७४ र ललितपुरमा पाँच सय ३८ जना संक्रमित छन् ।

टिप्पणीहरू