समाचार चोर्ने पत्रकार लेख्दालेख्दै लखेटिए

समाचार चोर्ने पत्रकार लेख्दालेख्दै लखेटिए

बस दुर्घटनाको भ्रामक समाचार साभार गर्ने एक पत्रकार बर्खास्त भएका छन् । सूदुरपश्चिम न्युजमा सह–सम्पादकका रुपमा कार्यरत पत्रकार विशाल बुढाले समाचार साभार गरेको भन्दै सूदुरपश्चिम न्युजले बर्खास्त गरेको जनाएको छ ।

आज भ्रामक समाचार साभार गरेर सूदुरपश्चिम न्युजमा छापिएका कारण संस्थाको विश्वशनियता र पत्रकारिता क्षेत्रकै धज्जी उडेको भन्दै उनलाई निकालिएको बताइएको छ ।

संस्थाले आफ्नो अफिसियल फेसबुकमा पोष्ट गर्दै बुढालाई जिम्मेवारीबाट निकालिएको बताएको हो । साथै, बुढाले साभार गरेको समाचारका कारण पाठक वर्गमा परेको असुविधाको लागि सूदुरपश्चिम न्युजले क्षमा याचना समेत गरेको छ ।

टिप्पणीहरू