भारतले नुवाकोट र गोरखामा ५० हजार घर बनायो

भारतले नुवाकोट र गोरखामा ५० हजार घर बनायो

भारतले नुवाकोट र गोरखा जिल्लामा ५० हजार वटा निजी घर बनाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएसँगको सहकार्य र भारत सरकारको सहयोगमा नुवाकोट र गोरखा जिल्लामा ५० हजार वटा आवास पुनर्निर्माण कार्य सम्पन्न भएको भारतीय दूतावासले जानकारी गराएको हो ।

दूतावासकी नियोग उपप्रमुख नाम्ग्या सी खाम्पाले भारत सरकारको प्रतिबद्धताअनुरुप ५० हजार वटा निजी घरहरुको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘नेपाललाई भारतले पुनर्निर्माणको क्षेत्रमा धेरै सहयोग गरिरहेको छ, मलाई विश्वास छ भारत सरकारले उपलब्ध गराएको अन्य अनुदान पनि नेपाल सरकारले उचित स्थानमा प्रयोग गर्नेछ, नेपाल सरकारले अपनाएको घरधनी लक्षित पुनर्निर्माण पद्धतिअनुसार सम्पन्न भएको छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भारतले गरेको सहयोगका लागि धन्यवाद दिएका छन् ।

टिप्पणीहरू