मध्य जाडोमा चितवन महोत्सव

मध्य जाडोमा चितवन महोत्सव

चितवन महोत्सवको १३औँ संस्करण पुस २५ गतेदेखि शुरु हुने भएको छ । गत वर्ष कोरोनका कारण हुन नसकेको महोत्सव पुस २५ देखि माघ ४ गतेसम्म हुन लागेको हो ।

हरेक दुई–दुई वर्षमा चितवन महोत्सव हुँदै आएको छ । तर गएको पुसमा हुनुपर्ने उक्त महोत्सव कोरोनका कारण रोकिएको थियो । नारायणी किनारमा गर्न लगिएको महोत्सवमा स्वदेशीसहित भारत, चीन, पाकिस्तान, बंगलादेशलगायतका देशका उत्पादनको कक्ष रहने बताइएको छ ।

महोत्सव परिसरमा विभिन्न संस्कृति झल्कने नमूना घरसँगै कृषि, पर्यटन, कलासंस्कृति झल्कने कक्ष समेत रहने छ । महोत्सवमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।

उद्योग वाणिज्य संघ चितवन आयोजक र भरतपुर महानगरपालिका एवम् जिल्ला समन्वय समिति चितवन महोत्सवको प्रबन्धक रहेका छन् ।

टिप्पणीहरू