झापामा सवारी साधनको ठक्करबाट वृद्धा ठहरै

झापामा सवारी साधनको ठक्करबाट वृद्धा ठहरै

झापामा जीपको ठक्करबाट वृद्ध महिलाको ज्यान गएको छ । सवारी साधनको ठक्करले ज्यान गुमाउने झापा शिवसताक्षी नगरपालिका १० माइधार चोककी ७२ वर्षीया ललिता कटुवाल हुन् ।

बाटोमा हिँडिरहेकी कटुवाललाई चोक नजिकैको भित्रीसडक खण्डमा को.१ च ७४१६ नम्बरको जीपले आज ठक्कर दिएको हो । पैदलयात्री कटुवालको ठक्करका कारण घटनास्थालमै मृत्यु भएको हो ।

प्रहरीले चालक इलाम देउमाइ नगरपालिका ३ का ३२ वर्षका पूर्ण खतिवडालाई नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमार्टमको लागि अहिले दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

टिप्पणीहरू