लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

प्रहरीले प्रदेश १ को राजधानी बिराटनगरबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ गोर्खा सहिद गाउँपालिका ७ का २२ वर्षीय मनिष श्रेष्ठ हुन् ।

प्रहरीले उनलाई बिराटनगर १६ दरैयाबाट लागुऔषध सहित पक्राउ गरेको हो । आज बिहान पक्राउ परेका श्रेष्ठबाट प्रहरीले नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजोपाम ७७, लुपिजेसिक ७७ र एभिल २३ एम्पुल फेला पारेको छ ।

उनीबिरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

टिप्पणीहरू