ठूलो एकादशीमा इचङ्गुनारायण, जताततै एमालेको ध्वजापताका (फोटो फिचर)

ठूलो एकादशीमा इचङ्गुनारायण, जताततै एमालेको ध्वजापताका (फोटो फिचर)

एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हरिबोधिनी एकादशी आज मनाईंदै छ । आजका दिन काठमाडौँ उपत्यकाका चार वटा नारायणस्थलमा विशेष मेला लाग्छ ।

आज भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौंका शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्छ । आजका दिन विष्णु भगवानको पूजाआजा गरेर शाकाहारी खाना विशषगरि बदाम, उसिनेको शखरखण्ड र पिँडालु खाने चलन छ ।

आज बिहान जनआस्था टोलीले इचङ्गुनारायणमा केही तस्बिर खिचेको थियो । मन्दिर जाने बाटो बिग्रिएको भए तापनि भक्तजनहरु को भीड बिहानैदेखि शुरु भइसकेको थियो । बाटोको वरपर बदाम, शखरखण्ड र पिँडालु तथा विभिन्न मौसमी तरकारी र फलफूल बिक्रीको लागि राखेको देखिन्थ्यो ।

तर मन्दिर परिसर वरपर एमालेको ध्वजापताकाले सिंगारिएको थियो ।

टिप्पणीहरू