१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी

उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक युवक समातिएका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख आठबिसे नगरपालिका–२ सिगौदीका २३ वर्षीय गोपाल बिक हिजो समातिएका हुन् ।

गोपालले किशोरीलाई उदयपुरको कटारी नगरपालिका–११ मा जबरजस्ती करणी गरेका थिए । उक्त सूचनाका आधारमा उनलाई समातिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

टिप्पणीहरू