कोरोनाबाट एभरेष्ट र मकालुको निधन, कुमार निको भए

कोरोनाबाट एभरेष्ट र मकालुको निधन, कुमार निको भए

अमेरिकाको नेब्रास्कास्थित लिंकन चिडियाघरमा रहेका तीन वटा हिउँ चितुवाको कोरोनाका कारण मृत्यु भएको छ । एक महिनाअघि कोरोना संक्रमण देखिएका ती चितुवाको स्थानीय समयअनुसार गत शुक्रबार मरेका हुन् । मरेका चितुवाको नाम एभरेष्ट, मकालु र रान्नी हो ।

‘यी चितुवाहरू प्रिय थिए । हाम्रा लागि पनि, हेर्न आउनेका लागि पनि,’ लिंकन चिडियाघरको विज्ञप्तिमा भनिएको छ, ‘यो एकदमै दुःखदायी कुरा हो । हामी सबै पीडामा छौं ।’

निकै लोकप्रिय रहेका ती हिँउ चितुवा नै चिडियाघरमा घुम्न आउनेका लागि आकर्षणको केन्द्रविन्दु रहेको द वासिङ्टन पोस्टले जनाएको छ । चिडियाघरमा रहेका अरू दुई बाघ एक्सल र कुमारमा पनि कोरोना देखिएको थियो । तिनीहरू भने अहिले निको भइसकेको चिडियाघरले जनाएको छ ।

टिप्पणीहरू