कालोकोटको आन्दोलनमा, सेतोकोटको विज्ञप्ति

कालोकोटको आन्दोलनमा, सेतोकोटको विज्ञप्ति

नेपाल चिकित्सक संघले सर्वोच्च अदालतमा उत्पन्न समस्या हल गरेर सेवा प्रवाह सुचारु गर्न सरकारसँग माग गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै कानूनी राज्य र विधिको शासन लागू गर्ने अदालतको गरिमा जोगाउन सहज र शान्तिपूर्ण वातावरण सिर्जना गरेर समस्याको यथाशीघ्र समाधान निकालेर अदालत सुचारु गर्न माग गरेको हो ।

‘नेपालको इतिहासमा न्यामूर्तिको रुपमा मानिएको सम्माननीय पदमा आसिन व्यक्ति विवादास्पद भई देशभरका सम्पूर्ण कानून व्यवसायीहरू आन्दोलित भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।यस्तै आन्दोलनका कारण कानूनी राज्य र विधिको शासनमाथि नै अवरोध सिर्जना भई न्याय सम्पादनमा देखिएको अवरोधले समग्र राष्ट्रकै गरिमामाथि गम्भीर आँच पुर्याएको नेपाल चिकित्सक संघले ठहर गरेको छ ।

टिप्पणीहरू