इजरायल जानेहरुले स्वास्थ्य परीक्षण कहाँ गर्ने ?

इजरायल जानेहरुले स्वास्थ्य परीक्षण कहाँ गर्ने ?

इजरायल जान वैदेशिक रोजगार विभागबाट छनोट भएका कामदारहरूले राजधानीका चार वटा अस्पतालमा मात्र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार राजधानीका ह्याम्स, स्टार, मेडिसिटी र मनमोहन मेमोरियल मेडिकल कलेजमा स्वास्थ्य परीक्षणको निम्ति तोकेको हो । ती अस्पतालमा पहिलो चरणमा पाँच सय जनाको स्वास्थ्य परीक्षण हुने जनाइएको छ ।

छनोट भएका आठ सय २१ जना महिलामध्ये पहिलो चरणमा कात्तिक २९ गते देखि मंसिर ५ गतेसम्म क्रम संख्याअनुसार १ देखि ३ सय ५० सम्मका उम्मेदवारको परीक्षण गरिनेछ । त्यसमा एक सय ५० जना पुरुषको स्वास्थ्य परीक्षण हुनेछ ।

ललितपुरको स्टार अस्पतालमा महिलाहरूको क्रम संख्या १ देखि ८७ सम्म र पुरुषको १ देखि ३८ सम्मको परीक्षण हुनेछ । ह्याम्स अस्पतालमा महिलाहरूको ८८ नम्बरदेखि १ सय ७५ र पुरुषहरूको ३९ देखि ७५ सम्मको परीक्षण हुने वैदेशिक रोजगारी विभागले जनाएको छ ।ललितपुरको मेडिसिटी अस्पतालमा १ सय ७६ देखि २ सय ६३ क्रम संख्याका महिलाहरू र ७६ देखि १ सय १२ क्रम संख्याका पुरुषहरूको स्वास्थ्य परीक्षण हुनेछ ।

त्यस्तै स्वयम्भुमा रहेको मनमोहन मेमोरियल मेडिकल कलेजमा २ सय ६४ देखि ३ सय ५० क्रम संख्या भएका महिला र १ सय १३ देखि १ सय ५० क्रमसंख्या भएका पुरुषहरूको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

टिप्पणीहरू