​माओको देशमा नेपालीको मरण

प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाहिँ उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नु प¥यो भन्दै हारगुहार गरिरहेको थियो ।

पोखरा चापाकोटका ६८ वर्षीय लीलाधर पराजुलीको प्रधानमन्त्री ओली चीन जानु १२ दिनअगाडि बेइजिङमा हृदयाघातबाट निधन भएको थियो । शोकाकुल परिवारले लाश ल्याउन चीन सरकारले भने अनुसारकै पैसा तुरुन्तै पठाए पनि विभिन्न कारणले ढिला भइरहेको थियो । त्यही भएर उनीहरू विभिन्न निकायसँग चाँडै स्वदेश ल्याउन हारगुहार गरिरहेका थिए । 

काठमाडौ“ विश्वविद्यालय अन्तर्गत कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरू जेठ १२ गते शनिबार काठमाडौ“बाट चीन उडेका थिए । सांघाइ र हबेइ प्रान्तको पराजुली सम्मिलित टोली बेइजिङ पुगेको थियो । जेठ २२ गते मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जानसबै बसमा चढेर त्यहीं खोजी गर्दा उनी नदेखिएपछि लगभग दुई सय मिटरको दूरीमा उनी लडिरहेको भेटिएका थिए । चिनिया“ प्रहरीले नजिकैको अस्पतालमा लगेको थियो । अस्पतालले लगत्तै मृत घोषित गरेपछि अन्यले परिवारलाई खबर गरेका थिए । 

पराजुली चापाकोटकै सरकारी स्कुलका प्रधानाध्यापक हुन् । अवकाशपछि सबलाइन बोर्डिङ स्कुल खोले र छोरालाई प्रिन्सिपल बनाए । आफूचाहिँ फाउण्डर डाइरेक्टर थिए ।

चिनियाँ भाषा अध्यापन हुने नेपालका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई सम्मिलित गराएर कन्फ्युसियस् इन्स्टिच्युटले २० जना नेपालीलाई चीन लगेको हो । सो टोलीमा इन्स्टिच्युटका निर्देशक डा. वाङ पनि थिए । घुमघाम सकेर भोलिपल्ट फर्कने योजनामा रहेको टोली पराजुलीको मृत्युबाट पिरोलिँदै १८ जना मात्र नेपाल फर्किएको थियो । साथीलाई गुमाएपछि काठमाडौ“ स्कुल अफ लका प्रेमचन्द्र राई शव ल्याउने तारतम्य मिलाउन उतै बसे । 

राई र वाङ नेपाली दूतावासको शरणमा पुगे । दूतावासले पनि सकेसम्म सहयोग ग¥यो । चीनमा शव विदेश पठाउने एजेन्सीको दादागिरी रहेकाले चिताइनसक्नुको खर्च लाग्ने थाहा भयो । एजेन्सीले ७८ लाख चिनियाँ युआन अर्थात् १३ लाख रूपैयाँभन्दा बढी लाग्ने बताएपछि परिवार पैसा खोज्नतिर लाग्यो । उता निर्देशक वाङले आफू कार्यरत हबेइ विश्वविद्यालयबाट ३० हजार युआन सहयोग पाइने वातावरण बनाए । 

परिवारले सम्पूर्ण खर्च तुरुन्तै पठाएको भए पनि १८ दिनपछि बल्ल असार ८ गते पराजुलीको शव नेपाल आयो । पहिलेदेखि नै मुटुका रोगी उनलाई परिवारले भ्रमणमा नजान सुझाव दिएको बताइन्छ । माओको भूमिलाई स्वर्ग जस्तै मान्ने पराजुलीले एक पटक चीन भ्रमण गर्ने तीब्र इच्छा राखेका थिए ।

टिप्पणीहरू