राजदूत नियुक्तिको बल्ल खुल्यो रहस्य

राजदूत नियुक्तिको बल्ल खुल्यो रहस्य

आफ्ना अध्यक्ष प्रचण्डलाई समेत विवादमा मुछ्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा बोलेको कुरालाई लिएर माओवादीका केही नेता कडिकडाउसँग पेश हुन खोज्दै थिए । तर, ‘मलाई किन गाली ग¥या, प्रचण्डलाई सोध्न’ भन्दै देउवा टक्टकिएपछि माओवादी नेताले पत्तो पाए, कमजोरी त प्रचण्डबाट पनि भएको रहेछ !

पारित गर्नेबारे प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर अमेरिकामा चिठी पठाएको कुरामा हो, यस्तो भएको । खासमा प्रधानमन्त्री सरकारी मानिस हो । उहाँले लेख्ने पत्रमा प्रचण्डले पार्टी अध्यक्षकै हैसियतले हस्ताक्षर गर्न मिल्दैन ।

तर, एउटा चिठीमा चाहिँ यी दुबैले साझा हस्ताक्षर गरेकै हो भन्ने कुरा नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र कृष्णबहादुर महरासहितका माओवादी नेताहरूले पत्ता लगाएका छन् । त्यसमा एमसिसी पारित गर्ने बचनबद्धता छैन, सहमतिका निम्ति पहल गर्ने कुरासम्म उल्लेख छ ।

अर्कातिर, अमेरिका, बेलायत र भारतका लागि राजदूत सिफारिस गरिँदा प्रचण्डले देउवालाई गोप्य सहमति दिएको पनि माओवादी नेताले पत्ता लगाएका छन् । तीनमध्ये सोध्दा बेलायतका लागि सिफारिस गरिएका ज्ञानचन्द्र आचार्यको हकमा मात्र सहमति दिइएको स्वीकारिएको छ ।

अहिले ती नेता चर्चा गर्दैछन्, ओलीशैलीको । ओलीले रिस उठाएर हैन, मान्छे सिध्याउनु परे पनि फकाएर गर्थे । अहिले एकीकृत समाजवादीको सचिव रहेका प्रकाश ज्वाला केही वर्षअघि बेल्जियम जाने बिदा माग्न बालकोट पुगे । ओलीले बाटोमा काम लाग्छ भन्दै ११ सय डलर दिएर पठाए ।

अखिल नेत्री नवीना लामा दिल्लीमा उपचार गर्न जानुअघि दुई कार्यकर्तासँगै केपीकहाँ जाँदा नवीनालाई ७ सय, युवतीहरूलाई पाँच–पाँच सय डलर दिए । केशव बडाललाई पत्नीको उपचार गर्न तीन लाख दिए । अहिले बडाल ओलीसँगै छन् । तर, प्रचण्डले चाहिँ सही सूचना नदिएर सहकर्मी चिढ्याइरहेको ती नेताले आपसमा कुरा गरेका छन् ।

टिप्पणीहरू