तीर्थालु बोकेको जीप दुर्घटनामा ४ को मृत्यु, १२ घाइते

तीर्थालु बोकेको जीप दुर्घटनामा ४ को मृत्यु, १२ घाइते

ओखलढुङ्गामा तीर्थालु बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । एकादशी मेलामा हिँडेका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको जीप आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिल्लाको चम्पादेजी ककनी दर्शनका लागि च्यानमबाट मन्दिरतर्फ जाँदै गरेको जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमा र एक जनाको अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेकी ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँकी अन्दाजी १७ वर्षीया तुलसा मगर, ३६ वर्षीया शान्तामाया मगर र १९ वर्षका खगेन्द्र मगर रहेको ओखलढुंगाका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये चार जनालाई हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ । तीन जनाको स्वास्थ्य चौकी कटुञ्जेमा उपचार भइहेको र अन्य घाइतेलाई मिशन अस्पताल पठाइएको छ ।

टिप्पणीहरू