सर्वोच्चबाट ८ जना पक्राउ, वकिलहरुको धर्ना जारी

सर्वोच्चबाट ८ जना पक्राउ, वकिलहरुको धर्ना जारी

सर्वोच्च अदालतको मुख्य गेट नजिकैबाट प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई अदालत प्रवेशमा रोक लगाउने भन्दै कानुनी व्यवसायीहरु गेटमा धर्नामा बसेका छन् । उनीहरुको धर्ना गैरसंवैधानिक भन्दै नारा लगाउँदै आएको अर्को पक्षका आठ जनालाई प्रहरीले पक्रेको हो ।

अभियन्ता तारा बराल, सावित्री अधिकारी तथा मजदूर संगठनका अध्यक्ष मनोज सापकोटालगायत आठ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर पुलिस क्लब, भृकुटीमण्डपमा लगेको छ ।

आन्दोलनरत कानुन व्यवसायीहरु पाखुरामा कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामालाई अनिवार्य शर्त मान्दै आएका छन् ।

सर्वोच्चको मुल गेटमा धर्नामा बसेका कानुन व्यवसायीहरुले बिचौलियाहरुलाई कारबाही गर, न्यायाधीशहरुले मानपदवी र पदक अस्वीकार गर, कानुन व्यवसायी एकता जिन्दावाद, नेपाल बार एसोसिएसन जिन्दावाद र न्यायपालिकामा राजनीतिक हस्तक्षेप बन्द गरलगायत नारा लगाएका छन् ।

टिप्पणीहरू