सर्वोच्चमा पत्रकारहरुलाई रोक

सर्वोच्चमा पत्रकारहरुलाई रोक

सर्वोच्च अदालत परिसरभित्र रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै काननुव्यवसायीले गरेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको हो ।

हिजोसम्म पत्रकारहरुले सर्वोच्च परिसरभित्रै प्रवेश गरेर रिपोर्टिङ गर्दै आएका थिए । आज प्रहरीले प्रवेशमा एकाएक रोक लगाएको हो ।

प्रधानन्यायाधीशविरुद्ध नेपाल बार एसोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

अर्कोतर्फ नेपाल बारको आन्दोलन र इजलास बहिष्कार गरेका न्यायाधीशहरुको बिरोधमा समेत विभिन्न संघ संगठन र अभियन्ताहरुले कार्यक्रम गर्दै आएका छन् । ती कार्यक्रममा समेत कतिपय कानुन व्यवसायीहरुको उपस्थिति रहेको देखिन्छ ।

टिप्पणीहरू