बैंक खाता खोल्ने नयाँ तरिका : भिडियो कल

बैंक खाता खोल्ने नयाँ तरिका : भिडियो कल

एनएमबी बैंकले एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्समा आधारित भिडियो केवाईसी अर्थात् भिडियो कलबाट बैंक खाता खोल्न सकिने जनाएको छ ।

‘भिडियो कलबाट पाँच मिनेटमै देश वा विदेशबाट खाता खोली कारोबार गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ ‘यो नेपाली बैंकिङ जगतमा पहिलो प्रयोग हो ।’

नयाँ प्रविधिमा ग्राहकले एनएमबीमा भिडियो कलमार्फत अनलाइन मार्फत् नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर केवाईसी विवरण अपडेट गर्न सक्ने बताएको छ ।

एनएमबीले भनेको छ, ‘ग्राहकहरुले घरमै बसेर बैकिङ कारोबार सहज बनाउन र सबै प्रकारको म्यानुअल कामलाई निर्मूल पार्दै पारदर्शिता, त्रुटिरहीत र कागजविहीन बैंकिङ सेवा प्रदान गर्नेछौं ।’

विदेशमा रहेका नेपालीले समेत खाता खोलेर बैंकिङ्ग प्रणालीबाट रकम पठाउन सक्ने बैंकका सीईओ सुनिल केसीले बताएका छन् । यसबाट अनौपचारिक तवरले मुलुक भित्रिने गरेको रकममा कमी आउने उनको दाबी छ ।

बैंकले आज ब्राण्ड एम्बेसडर समेत तोकेको छ । कलाकार पल शाहलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको जानकारी दिइएको छ ।

टिप्पणीहरू