हवाईजहाजको भाडा बढ्यो

हवाईजहाजको भाडा बढ्यो

बुधबार रातिदेखि बढाइएको इन्धनको मूल्यको सोझो असर हवाई भाडामा परेको छ । इन्धनको मूल्य बढेसँगै आज हवाई भाडा पनि बढाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालक संघले सिफारिस गरेको हवाई भाडादर अनुमोदन गरेपछि भाडा बढेको हो । संघका अनुसार अधिकतम २ सय २० रुपैयाँ र न्यूनतम ३० रुपैयाँले भाडा बढेको छ ।

काठमाडौँ–धनगढी रुटमा सबैभन्दा बढी २ सय २० रुपैयाँ भाडा बढेको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/Fuel-Charge-For-Press-new.pdf”]

टिप्पणीहरू