शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो पदपूर्तिसम्बन्धी कार्यतालिका

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो पदपूर्तिसम्बन्धी कार्यतालिका

शिक्षक सेवा आयोगले चालु आर्थिक वर्षको पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार खुलातर्फको विज्ञापन आगामी मंसिर महिनामा खुल्नेछ ।

खुल्लातर्फको सामान्य परीक्षा आगामी फागुन महिनामा, विषयगत परीक्षा आगामी जेठमा हुने जनाइएको छ । अन्तर्वार्ता आगामी भदौमा सञ्चालन गरी आगामी असोज महिनामा शिक्षक सिफारिस गरिनेछ । प्राथमिक तहका शिक्षकको हकमा अर्को वर्षको कात्तिक लाग्ने जानकारी दिइएको छ ।

सामान्य परीक्षाको नतिजा प्रकाशन आगामी वैशाखमा र विषयगत परीक्षाको नतिजा प्रकाशन आगामी श्रावणमा हुने जनाइएको छ । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा आन्तरिक प्रतियोगिात्मक बढुवाको विज्ञापन आगामी मंसिरमा मात्र गरिन्छ ।

यसको विषयगत परीक्षा आगामी फागुनमा सञ्चालन गरिने छ भने नतिजा वैशाखमा मात्र सार्वजनिक हुनेछ । यसको अन्तर्वार्ता आगामी जेठमा सञ्चालन गरी असारमा सिफारिस गरिने उल्लेख छ ।

कार्य सम्पादन मूल्याङ्कनका आधारमा सोही श्रेणीको बढुवाका लागि आगामी पुसदेखि फागुनसम्म नतिजा सार्वजनिक गरिनेछ भने माघदेखि चैतसम्म सिफारिस गरिनेछ ।

आयोगले करारसूची आगामी २०७९ सालको मंसिरमा सार्वजनिक गर्ने भएको छ । वार्षिक कार्यतालिका अनुसार अध्यापन अनुमतिपत्रको विज्ञापन आगामी चैतमा सार्वजनिक गरी असारमा परीक्षा र नतिजा आगामी असोजमा प्रकाशित गरिने छ । अध्यापन अनुमतिपत्र वितरण आगामी २०७९ साल मंसिरबाट हुने बताइएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/shikshak.pdf”]

टिप्पणीहरू