आज पनि ६ जना बिते, ३ सय बढीमा संक्रमण

आज पनि ६ जना बिते, ३ सय बढीमा संक्रमण

आज मुलुकभर तीन सय ६ जना कोरोना संक्रमित थपिएका छन् । तीन सय ४८ जना संक्रमणमुक्त भएका छन् । आजै ६ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार आठ जनामा पीसीआर तथा एक हजार पाँच सय ९८ जनामा एन्टिजेन गरी नौ हजार छ सय छ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै सात हजार दुई सय १५ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ७७ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा चार सय २८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ७५ र ललितपुरमा पाँच सय २७ जना संक्रमित छन् ।

टिप्पणीहरू