जनकपुरमा कसरी भड्कियो माहौल ?

जनकपुरमा कसरी भड्कियो माहौल ?

जनकपुरमा हिन्दु र मुस्लिम सम्प्रदायबीच हिजो एकाएक चर्किएको धार्मिक माहौल आज मत्थर भएको छ । छठ पर्वको समयमा हिन्दु धर्मावलम्वी र मुस्लिम सम्प्रदायका केही व्यक्तिबीच विवाद हुँदा चर्किएको उक्त द्वन्द्व हिजै साँझ शान्तिपूर्ण अवस्थामा फर्किएको हो ।

मुस्लिम अतिवाद मुर्दावादलगायतका नारा लगाउँदै हिजो हिन्दूधर्मावलम्वीहरु जनकपुरको सडकमा उत्रेपछि अवस्था गम्भिर बनेको थियो । प्रदर्शनकारीहरुले प्रहरी प्रशासन मुर्दावाद, प्रशासनले हामीलाई किन रोक्यो लगायतका नारा लगाएका थिए ।

माहोल तात्दै गएपछि प्रहरीले प्रदर्शन रोक्न अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताउनुभएको छ । बास्तोलाका अनुसार अवस्था गम्भीर हुँदै गएपछि जिल्लामा निषेधाज्ञा लगाइएको हो ।

बास्तोलाले अहिले अवस्था सामान्य भएको बताउँदै हिजो जारी निषेधाज्ञा आज दिउँसोसम्म पनि लगाइएको छ । राति दश बजेबाट स्थगित गर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पछिल्लो समय जनकपुर क्षेत्रमा हिन्दू र मुस्लिम सम्प्रदायबीच यदाकदा विवाद हुँदै आएको छ ।

टिप्पणीहरू