बारविरुद्ध युवाहरुको नाराबाजी र प्रदर्शन

बारविरुद्ध युवाहरुको नाराबाजी र प्रदर्शन

नेपाल बार एसोसिएसनविरुद्ध युवाहरुले माईतीघरमा नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले बारले सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध गरिरहेको आन्दोलनको बिरोधमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले बारको आन्दोलनको कुनै औचित्य नभएको र जनताले न्याय पाउने अधिकार बञ्चित गरिन नहुने नारा लगाउँदै प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीहरुले ‘मेरो पेशी कहिले आउँछ श्रीमान् ?, दबाबको शासन अन्त्य गर, विधिको शासन लागू गर, बेञ्च बहिष्कार अन्त्य गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

टिप्पणीहरू