जमिन माग्दै माइतीघरमा एक हुल जम्मा

जमिन माग्दै माइतीघरमा एक हुल जम्मा

भारतद्वारा अतिक्रमित नेपाली भूमि खालि गर्न माग गर्दै एक समूहले माइतीघरमा धर्ना दिएको छ । गत वर्ष नेपालको नक्सामा समेटिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्न माग गर्दै उन्नत समाज निर्माण नेपालले सडकमै पलेटी कसेको हो ।

सो क्रममा आन्दोलनकारीहरुले ‘हाम्रो भूमि फिर्ता गर !’, ‘कालापानीबाट भारतीय सुरक्षाकर्मी फिर्ता गर !’, ‘सीमा अतिक्रमण बन्द गर !’, ‘दार्चुला घटनाको सत्यतथ्य छानबिन गर !’, ‘दोषीमाथि कारबाही गर !’, ‘जयसिंह धामीलाई न्याय दे !’ जस्ता नारावाजी गरेका थिए।

समाजका संयोजक राम नेपालीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा झण्डै दुई दर्जनको उपस्थिति रहेको छ ।

टिप्पणीहरू