रेडक्रसमा बबाल, महासचिव अर्यालहित एक दर्जन पक्राउ

रेडक्रसमा बबाल, महासचिव अर्यालहित एक दर्जन पक्राउ

नेपाल रेडक्रस सोसाइटीको विधान अधिवेशनमा दुई समूहबीच झडप हुँदा महाधिवेशन स्थगित भएको छ । कारबाहीमा परेका प्रतिनिधिहरु तोडफोडमा उत्रिएपछि अधिवेशन स्थगित भएको बताइएको छ ।

काठमाडौं बानेश्वरस्थित कार्की वेन्क्वेटमा आयोजित अधिवेशनमा पूर्वसभापति संजिव थापा पक्षधरहरुले बखेडा झिकेका कारण झडपको स्थिति पैदा भएको संस्थापन पक्षले आरोप लगाएको छ । संस्थापन पक्षले रेडक्रसले कारबाही गरेका १६ जिल्ला शाखाबाट आएका प्रतिनिधिहरुले अधिवेशन विथोलेको दावी गरेको छ ।

असन्तुष्ट पक्षले विधान अधिवेशन रोक्न माग गर्दै आएको थियो । रेडक्रसको ३३ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष डा. नेत्र तिम्सिनालगायतका २४ जना अधिवेशनको पक्षमा उभिँदा ९ जना भने वहिष्कारमा उत्रिएका थिए ।

अधिवेशनमा ७७ जिल्ला शाखाबाट ३ जनाको दरले २३१, केन्द्रीय समितिका ३३ र पर्यवेक्षकहरुसमेत गरी करिब ३०० जनाले भाग लिएका थिए । अधिवेशन स्थगित भएपछि प्रतिनिधिहरु रनभुल्लमा परेका छन् ।

झपडमा संलग्न रहेको आरोपमा सोसाइटीका महासचिव पीताम्वर अर्याल, केन्द्रीय सदस्य भक्तपुरका मनोज थापा, उदयपुरका विनोद बस्नेतसहित करिब एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

टिप्पणीहरू