ढुुकुटीमा चर्को धावा

‘बेला न कुबेला बजि नयला’ भने झैं राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको सनकमा राज्यको ढुकुटीबाट २ करोड स्वाहा भएको छ । नेपालसमेत सदस्य रहेको एशियन क्लियरि¨ युनियन (एसीयु) र सार्क फाइनान्सको पछिलो बैठक तथा गभर्नर्स सिम्पोजियमको अनावश्यक आयोजक बनेर गभर्नरले ढुकुटीमा धावा बोलेका हुन् ।

गत साता ह्यात होटलमा आयोजित कार्यक्रमको व्यवस्थापन र औचित्य पानीमा बालुवा हाले झैं देखिन्थ्यो । एकजना डेपुटी गभर्नरले लगभग बहिष्कार गरेको उक्त कार्यक्रममा सहयोगीको रूपमा राखिएका कर्मचारीको संख्या भने झण्डै ६० जनाको हाराहारीमा थियो । व्यवस्थापनले हालै नियुक्त तर परीक्षणकाल समेत पूरा नगरेका कर्मचारीलाई समेत लियाजोको रूपमा राखेको पाइयो । 

बैंकले कार्यक्रम सफल पार्ने भन्दै अधिकांश महँगो गाडी भाडामा लिएको थियो । साँस्कृतिक कार्यक्रम प्रस्तुतीमा मात्रै १० लाख रुपैयाँ खर्चिएको थियो । तीन दिनको कार्यक्रममा सहभागी हुन आएका अधिकांश देशका गभर्नर र डेपुटी गभर्नरहरू भने दोस्रो दिनको अबेर काठमाडौंबाट हिँडेका थिए । बाँकी ४ देशका ५ जना अतिथिलाई लुम्बिनी घुमाउन बैंकले बुद्ध एअरको ४५ सिटे विमान चार्टर गरेर ३९ जना कर्मचारीलाई पनि त्यता पु¥याएको थियो । लुम्बिनी यात्राको नेतृत्व स्वयं गभर्नरले गरेका थिए । बैंकको सिद्धार्थनगरका कर्मचारी र सुरक्षाकर्मी गरी थप २५ जना सहभागीलाई रूपन्देहीको ५ तारे रिसोर्टमा भरपुर मदिरापानसहितको दिवा भोजमा बैंकले थप १० लाख खर्चिएको थियो । 

सिम्पोजियम आयोजना गर्ने पालो यसपटक नेपालको थिएन । तर, यसअघिको बैठकमा सबै देशका गभर्नर र प्रतिनिधिले आगामी बैठकको बारेमा मुख नखोलेपछि चिरञ्जीवीले सम्पन्न मुलुक र सम्पन्न केन्द्रीय बैंकको गभर्नरको हैसियत देखाउँदै एकाएक नेपाल राष्ट्र बैंकले २०१८ को जुन महिनाको अन्तिम साता काठमाडौंमा उक्त कार्यक्रम गर्ने जानकारी गराएका थिए । सरकारका अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडा मुलुक सञ्चालनको निम्ति आवश्यक खर्चको जोहो गर्न भौंतारिरहेको बेलामा उनैले छाडेको कुर्सीमा बसेका नेपालले बेपर्वाह गरेको करोडौंको खर्चले कम्तीमा दुर्गम जिल्लामा एउटा गतिलै अस्पताल बन्थ्यो ।

टिप्पणीहरू