महिला क्रिकेट टोली कतार हिँड्यो

महिला क्रिकेट टोली कतार हिँड्यो

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली टी–२० सिरिज खेल्न कतारतर्फ प्रस्थान गरेको छ ।आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली टिम कतारसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न कतार गएको हो ।

रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली कतारमा तीन खेल खेलेपछि एसियाली छनोटका लागि नोभेम्बर १९ मा यूएईको दुबई जानेछ ।

एसियाली छनोट भने नोभेम्बर २२ देखि शुरु हुनेछ । यसअघि नेपालले बंगलादेशमा बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपी) खेलेको तीन टी–२० अभ्यास सिरिज २–१ ले जितेको थियो ।

मंसिर ६ देखि १२ (नोभेम्बर २२ देखि २८) सम्म यूएईमा हुने टी–२० महिला विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ ।

यस्तै सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको रोडम्यापको रुपमा रहेको छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विजेता टोली ग्लोबल छनोटमा पुग्नेछ ।

टिप्पणीहरू