कमरेडकाे मन बरालिएपछि…

कमरेडकाे मन बरालिएपछि…

प्रेमी कमरेड अर्कैसँग बरालिएकाे देखेपछि कपिलवस्तुकी एक जनप्रतिनिधि कमरेडले पार्टी नेतृत्वसमक्ष उजुरी गरेकी छन् । बुद्धभूमि नगरपालिका एमाले नगर अध्यक्ष देवीप्रसाद बेल्बासेले स्थानीय रेडियोकी एक सञ्चारकर्मीसँग हिमचिम बढाएको देखेपछि एमालेबाट वडा सदस्य जितेकी एक दलित महिला जनप्रतिनिधिले सार्वजनिकरुपमै बिरोध जनाएकी हुन् ।

उनले सार्वजनिकरुपमा बिरोध मात्र गरेको नभई पार्टी नेतृत्वसमक्ष उजुरी समेत गरेको विषयले अहिले जिल्लाभर चर्चा पाएको छ । स्थानीय गोरुसिङ्गेमा लक्ष्मीपूजाको दिन एमालेले आयोजना गरेको द्यौसी–भैलो कार्यक्रममा अध्यक्ष बेल्बासेलाई ती महिला जनप्रतिनिधीले सार्वजनिक रुपमै ‘मेरो जवानी लु्ट्ने बेला लुटिस् अहिले अर्की लिएर हिँड्छस्’ भन्दै चप्पल प्रहारको प्रयास गरेको स्थानीयले बताएका छन् ।

स्थानीय नेता पिताम्बर खनालले उक्त घटना सामसुम पार्ने प्रयास गरे पनि महिलाले कारबाहीको माग गर्दै उजुरी दिएको स्रोतले बताएको छ । हुन त : उनीहरुको अवैध भनिएको उक्त सम्बन्ध नयाँ चाँही होइन । २०७० सालदेखि उनीहरु लसपसको सम्बन्धमा रहँदै आएकाे बताइन्छ ।

एमाले नगर अध्यक्ष देवी बेल्बासेकै दबाबमा महिलालाई जनप्रतिनिधिमा उम्मेदवार बनाइएको थियो । २०७६ सालमा बेल्बासेले आफूलाई गर्भ बोकाएको भन्दै उनै महिलाले तत्कालीन नेकपा पार्टीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको थियो । तर त्यतिबेलाका नगर इञ्चार्ज पिताम्बर खनालकै सहयोगमा उनलाई बेल्बासेले आफ्नो चौवन्नपुरमा रहेको आठ कठ्ठा खेत दिएर गर्भ तुहाइएको भन्नेहरुले अहिले मुख खोलेका छन् ।

तर पछिल्लो ६ महिनादेखि बेल्बासे अर्कै महिलासँग हिँड्न थालेपछि भने महिला जनप्रतिनिधिले सार्वजनिक रुपमै आफूमाथि शोषण भएको, बेल्बासेलाई पार्टीबाट कारवाही गर्नुको साटो अध्यक्ष बनाइएको भनेर ठाउँ ठाउँमा बिरोध गरेकी हुन् । यतिखेर बेल्बासेकी श्रीमती वैदेशिक रोजगारीमा इजरायलमा छिन् भने महिला जनप्रतिनिधिका श्रीमान् ७ वर्षअघि नै बितिसकेका छन् ।

टिप्पणीहरू