सर्वोच्चमा : ९ बजे प्रधानन्यायाधीश पक्षधर र साढे ९ बजे बिरोधीहरु पुग्ने

सर्वोच्चमा : ९ बजे प्रधानन्यायाधीश पक्षधर र साढे ९ बजे बिरोधीहरु पुग्ने

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पक्षमा नारा, जुलुस र धर्नामा बस्दै आएकाहरु आज बिहान ९ बजे सर्वोच्च अदालतको गेटमा पुग्दैछन् । उनीहरुले एमसीसी सम्झौता र अदालतमा भइरहेको आन्दोलनको बिरोध गर्न सर्वोच्चको गेटमा पुग्न सबैलाई आह्वान गरेका छन् ।

देशका युवा अभियानको आह्वान र सामाजिक अभियन्ता तारा बराललगायतको उपस्थितिमा बिहान प्रधानन्यायाधीशको पक्षमा कार्यक्रम गर्न लागिएको हो ।

उता नेपाल बार यसोसिएसनले आज पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कालोपट्टी बाँधेर गेटमा धर्ना दिने कार्यक्रम राखेको छ । प्रधानन्यायाधीशलाई इजलासमा नबस्न माग गरिएको छ, अन्य न्यायाधीशलाई पनि इजलास बहिष्कार गर्न आग्रह गरेको बारले राणालाई अदालत प्रवेशमा रोक लगाउनेगरी धर्ना राखेको हो ।

प्रधानन्यायाधीशको पक्षमा १ सय ग्रुपले आज राजधानीका विभिन्न स्थानबाट मोटरसाइकल र्याली निकालेर माइतीघर मण्डलामा जम्मा हुने कार्यक्रम राखेको छ । उनीहरु बिहान १० बजे माइतीघर मण्डलामा पुगेर राणाको पक्षमा नाराबाजी गर्दैछन् ।

त्यसैगरी देशको युवा अभियानले न्यायालयमा न्यायाधीशहरुले गरेको इजलास बहिष्कार र कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेको बिरोधमा आज दिउँसो प्रदर्शन गदैछन् । उनीहरुले दिउँसो १ बजे कलंकीमा प्रदर्शन गर्ने बताएका छन् ।

टिप्पणीहरू