बेइजिङको नयाँ स्टक एक्सचेञ्जबाट कारोबार सोमबारदेखि

बेइजिङको नयाँ स्टक एक्सचेञ्जबाट कारोबार सोमबारदेखि

चीनको राजधानी बेइजिङमा नयाँ स्टक एक्सचेञ्ज खुलेको छ । योसँगै राजधानीमा तीन वटा स्टक एक्सचेञ्ज भएको छ । नयाँ खुलेको स्टकले साना तथा मझौला आकार व्यवसायसँग सम्बन्धित सेयर कारोबार गर्ने जनाइएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको व्यापारिक शहर शांगहाई र औद्योगिक शहर सेन्जेन राजधानी बेइजिङपछिको मुख्य सेयर बजार हुन् ।

चिनियाँ सेक्युरिटीज रेगुलेटरी कमिशनले ठूला उद्योगपछि चीनमा साना तथा मझौला उद्योग र कलकारखानाको क्षेत्र व्यापक रहेकाले नयाँ स्टक एक्सचेञ्ज पुँजी बजारको विकासमा कोशे ढुंगा हुने विश्वास लिएको छ ।

टिप्पणीहरू