एकीकृत समाजवादीको स्थायी समिति बैठकमा के के भए ?

एकीकृत समाजवादीको स्थायी समिति बैठकमा के के भए ?

नेकपा एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटीको आठौं बैठकले विभिन्न निर्णय र छलफल गरेको छ । तीमध्ये अधिकांश पारित एजेण्डालाई भोलि बिहान बोलाइएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने बताइएको छ ।

उपमहासचिव गंगालाल तुलाधरका अनुसार थपिएका केही केन्द्रीय सदस्य र तीन वटा आयोगका सदस्यहरुको शपथ ग्रहण गराउने कार्यक्रमबारे पनि छलफल भएको छ । त्यसैगरी हाल स्वास्थ्य मन्त्री बिरोध खतिवडाको नेतृत्वमा सरकारमा रहेका पार्टीका मन्त्रीहरुको कामकारबाहीको बारेमा पनि विस्तृत छलफल भएको छ ।

भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टीको थप प्रचारप्रसारको लागि पहल गर्ने, जनतामा पार्टीबारे सकारात्मक धारणा जगाउन अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रमबारे पनि आजको बैठकमा छलफल भएको बताइएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे ललितपुरको सानेपामा बोलाइएको छ ।

टिप्पणीहरू