वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि वडा कार्यालय ठप्प

वडाध्यक्षलाई ‘छोटे राजा’ भनेपछि वडा कार्यालय ठप्प

आफूविरुद्ध सामाजिक सञ्जालमा मनपरी लेखिदिएको कारण देखाउँदै वडाध्यक्षले स्थानीय युवालाई सेवा प्रवाहमा बन्देज लगाएका छन् । सल्यानस्थित बागचौर नगरपालिका–४ का वडाध्यक्ष प्रेमबहादुर पुनले वडा कार्यालयको सेवामा रोक लगाएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित पुनले सोही वडाको सिमाखोली भन्ने ठाउँका दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट वञ्चित गराएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

फेसबुकमा वडाध्यक्ष र वडा सदस्यलगायतका जनप्रतिनिधिलाई समेट्दै ‘छोटे राजा’ संज्ञा दिएर चरित्रहत्या गर्ने काम भएको उनको ठहर छ । ‘आफ्नो चरित्रहत्या गर्नेलाई वडा कार्यालयको सेवा किन दिने ?,’ उनले भनेका छन् ।

टिप्पणीहरू