प्रमोद खरेलको नयाँ स्वरमा ‘एकै चोटी मारन ओए’ बजारमा

प्रमोद खरेलको नयाँ स्वरमा ‘एकै चोटी मारन ओए’ बजारमा

आधुनिक गीत संगीतका चर्चित गायक प्रमोद खरेलको स्वरमा एकै चोटी मारन ओए बोलको गीत बजारमा आएको छ । आज दिउँसो खरेलको स्वरको उक्त गीत पुरुषोत्तम पौडेल युटुब च्यानल मार्फत् सार्वजनिक भएको हो ।

उमङ्ग म्युजिक प्रा. लि. ले बजारमा ल्याएको उक्त गीतमा प्रेमी जोडी बिछोडिएको विषयलाई उठाइएको छ । गीतमा प्रेमीले विछोडको पीडा सहन नसकेको र एकै चोटी मार किन पलपल मार्छौ भन्ने भाव झल्काइएको छ ।

नायिका शिल्पा पोखरेल र गायक तथा मोडल पुरुषोत्तम पौडेलको अभिनय रहेको गीतमा खलपात्रको भूमिका पत्रकार कृष्ण पहाडीले खेलेका छन् । आमाको भूमिकामा रिता भट्टराई देखिएकी छन् । गीतमा शिल्पा र पुरुषोत्तमको प्रेम सम्बन्ध रहेको र अन्तत शिल्पाको बिबाह जबरजस्ती कृष्णसँग भएको देखाइएको छ ।

शिव पौडेलको शब्द रहेको उक्त गीतमा संगीत ऋषी खड्काले भरेका छन् । कमल सौरागको एरेञ्ज रहेको गीतको रेकर्डिङ सुमन राना र खुमन रानाले गरेका छन् । गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा भएको उत्पादक कम्पनी उमङ्ग फिल्मस्ले जनाएको छ ।

कपिल लामाको निर्देशन रहेको गीतको छयाङ्कन अजय रेग्मीले गरेका हुन् । शिव पौडेलको सम्पादन रहेको गीतमा कलर तथा भिएफएक्स भने विकास ज्ञवालीको हो ।

टिप्पणीहरू