आज पनि ३ जना बिते, ३ सय बढीमा संक्रमण

आज पनि ३ जना बिते, ३ सय बढीमा संक्रमण

आज मुलुकभर तीन सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । तीन सय ८९ जना संक्रमणमुक्त भएका छन् । आजै तीन जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार एक सय ३४ जनामा पीसीआर तथा एक हजार नौ सय ३२ जनामा एन्टिजेन गरी ११ हजार ९६ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै सात हजार चार सय ९८ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ६९ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ७ प्रतिशत देखिएको छ ।

हाल काठमाडौंमा पाँच सय ५८ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९१ र ललितपुरमा पाँच सय १० जना संक्रमित छन् ।

टिप्पणीहरू