सर्वोच्चबाट बिहान समातिएर दिउँसो छुट्नेमा को को थिए ?

सर्वोच्चबाट बिहान समातिएर दिउँसो छुट्नेमा को को थिए ?

पछिल्लो केही दिन यता न्यायालय आन्दोलित बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रेपछि न्यायालय ठप्प छ । त्यसमा सर्वोच्चका अधिकांश न्यायाधीशले इजलास बहिष्कार गरेपछि आगोमा घिउको काम गरेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा अनिवार्य शर्त भन्न थालिएपछि उहाँको पक्षमा समेत आवाज उठाउनस थालिएको छ । आज प्रधानन्यायाधीश राणालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बारका पदाधिकारी र कानुन व्यवसायीहरु धर्नामा बसेका थिए । तर केही कानुन व्यवसायी र अभियन्ताहरु भने बारको बिरोध गर्दै राणाको समर्थनमा नारा लगाउँदै सर्वोच्चको गेटसम्म पुगेका थिए ।

त्यसरी पक्ष र विपक्षमा चर्को नाराबाजी र तनावको अवस्था उत्पन्न भएपछि प्रहरीले अभियन्ताहरुलाई पक्रेको हो । प्रधानन्यायाधीशको पक्षमा उत्रिएका पाँच महिला र एक पुरुष गरि छ जनालाई सर्वाेच्च अदालत अगाडिबाट प्रहरीले बिहान १० बजे नियन्त्रणमा लिएर पुलिस क्लब पुर्याएको हो ।

पक्राउ पर्नेमा जनताको आयोग महाअभियान कार्यसमिति अध्यक्ष ताप्लेजुङकी ३८ वर्षीया तारा बराल, उक्त अभियानको कार्यसमिति सदस्य सिन्धुपाल्चोककी ३५ वर्षीया सरिता खत्री, कार्यसमिति सदस्य ललितपुरकी ३६ वर्षीया महिमा शाही, कार्यसमिति सदस्य काठमाडौंका ३२ वर्षका मनिष मानव, कार्यसमिति सदस्य काठमाडौंकी ३२ वर्षीया गोमा घिमिरे तथा राट्रियशक्ती जनआन्दोलन र नारीशक्ती अभियन्ता सिन्धुपाल्चोककी ४५ वर्षकी मेनुका दंगाल हुन् ।

उनीहरुलाई आजै दिउँसो १ बजे छाडिएको प्रहरीले जनाएको छ । त्यसपछि ती सबै माइतीघरमा आयोजित प्रधानन्यायाधीश राणाको समर्थनको कार्यक्रममा पलेटी कस्न पुगेका थिए ।

टिप्पणीहरू