ललितपुरका मेयर पेरिसमा

ललितपुरका मेयर पेरिसमा

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन फ्रान्सको राजधानी पेरिस पुग्नुभएको छ । पेरिसमा हुन लागेको मेयर सम्मेलनमा भाग लिन महर्जन त्यसतर्फ जानुभएको हो ।

फ्रान्सको मेयर संगठनका अध्यक्षको निम्तोमा महर्जन त्यहाँ जानुभएको बताइएको छ । पेरिसमा हुन लागेको १ सय ३ औं मेयर सम्मेलनमा महर्जनले नेपालका तर्फबाट पहिलो पटक भाग लिन लाग्नुभएको हो ।

सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म हुने छ ।

टिप्पणीहरू