रोकिएला मदिराको विज्ञापन ?

रोकिएला मदिराको विज्ञापन ?

विज्ञापन बोर्डले मदिराको विज्ञापन गर्ने र गराउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पत्रपत्रिका र सञ्चारमाध्यमले कानुनविपरीत जनस्वास्थ्यलाई असर पार्ने विज्ञापन प्रकाशन र प्रशारण गरेपछि बोर्डले कारबाहीको चेतावनी दिएको हो ।

हालैको चाडबामा मदिराको विज्ञापनले निकै व्यापकता पाएपछि बोर्डले यस्तो निर्णय लिएको बताइन्छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन गर्न नपाइने व्यवस्था छ । साथै, विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ छ मा पन ि‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने’ व्यवस्था छ ।

मुलुकका विभिन्न भागमा राखिएका होर्डिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको बोर्डको भनाइ छ । उक्त कार्य जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा विज्ञापन नियमन गर्ने ऐन, २०७६ विपरीत भएकाले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन, प्रकाशन तथा प्रसारण तत्काल रोक्न बोर्डले भनेको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/11/E0-A4-B5-E0-A4-BF-E0-A4-9C-378195755.pdf” title=”-E0-A4-B5-E0-A4-BF-E0-A4-9C-378195755″]

टिप्पणीहरू