नरसंहार मच्चाउने सांसदको मुद्दा पहिलो नम्बरमा

नरसंहार मच्चाउने सांसदको मुद्दा पहिलो नम्बरमा

रौतहट नरसंहारका आरोपी तथा नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमको मुद्दाको पेशी आज सर्वोच्च अदालतको इजलासमा चढेको छ ।

कानुन व्यवसायीहरुले मुख्य गेटमा बसेर राजीनामा माग्दै धर्ना दिईरहको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले आलमको मुद्दासहितको पेशी तोक्नुभएको हो । आलमको मुद्दा न्यायाधीशहरु दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासको एक नम्बरमा उल्लेख छ ।

२०६४ फागुन २७ गते नेपाली काँग्रेसका नेता आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । घाइते सबैलाई आलमले नजिकैको इँटाभट्टामा जलाएको अभियोग लागेको हो ।

बम विस्फोटमा संलग्न दुईजनाको बयानका आधारमा उनलाई २०७६ असोज २६ गते पक्राउ गरिएको हो ।

टिप्पणीहरू