अन्ततः प्रधानन्यायाधीश छिर्नुभयो

अन्ततः प्रधानन्यायाधीश छिर्नुभयो

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा कानुनव्यवसायीहरुले अदालतको मूल प्रवेशद्वारमा अवरोधकाबीच पनि सर्वोच्च अदालत छिर्नुभएको छ ।

कानुन व्यवसायीहरुले मुख्य गेटमा बसेर धर्ना दिएपछि उहाँ सँगै रहेको महान्यायाधिवक्ताको कार्यालयतर्फको गेटबाट सर्वोच्च अदालत छिर्नुभएको हो ।

कानुन व्यवसायीहरुले १० नबज्दै धर्ना दिन थालेका थिए । तर उहाँ १० बजेर ५५ मिनेटमा अदालत छिर्नुभएको हो । प्रधानन्यायाधीश राणाले आज आफ्ना लागि इजलास भने तोक्नुभएको छैन ।

त्यसअघि प्रधानन्यायाधीशको समर्थनमा अभियन्ता तारा बरालहरुको एउटा समूहले नेपाल बारले आह्वान गरेको बिरोध प्रदर्शनको प्रतिकार गरेको थियो । उक्त प्रतिकारको क्रममा बराल समूहका ७ सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

टिप्पणीहरू